हातमा
नयाँ एमआरपी छ । ‘एम्बेसी अफ नेपाल, जर्मनी’को स्ट्याम्पसहित । हस्तलिखित
पासपोर्टको म्याद सकिएपछि तीन महिनाअघि एक सय २० युरो तिरेर बनाएको ।
एमआरपीमा उल्लेख भएअनुसार अझै चार महिना जर्मनी जान पाउने अनुमति मसँग छ ।
तर, म नेपालमा छु ।
अंग्रेजीमा डिग्री सकेको सर्टिफिकेट बिर्सिएर विदेशीको सहर टल्काउन पोछा लगाउने काममा अल्झिन सकिनँ, न त जीवनलाई डलरमा कन्भर्ट गरेर स्वाभिमान नै बेच्न सकेँ । सायद, विदेश जाने युवाहरूमा म असफलको सूचीमा समेटिन्छु होला । किनकि मैले युरो कमाएर आइएमई गर्न सकिनँ ।
हातमा नयाँ एमआरपी छ । ‘एम्बेसी अफ नेपाल, जर्मनी’को स्ट्याम्पसहित । हस्तलिखित पासपोर्टको म्याद सकिएपछि तीन महिनाअघि एक सय २० युरो तिरेर बनाएको । एमआरपीमा उल्लेख भएअनुसार अझै चार महिना जर्मनी जान पाउने अनुमति मसँग छ । तर, म नेपालमा छु ।
एक साताअघि, जर्मनीको राजधानीमा थिएँ ।
भौतिक सुख–सुविधाले भरिपूर्ण जर्मनीको राजधानी बर्लिनको एक स्कुलमा मेरो
बसाइ थियो । बस्ने छुट्टै कोठा थियो । खाना बनाउने दुःख थिएन । स्कुलको
होस्टल मेसमा कार्ड देखाए फ्रीमा खान पाइन्थ्यो । फ्रीमा स्वास्थ्य सुविधा ।
कोही कसैले नराम्रो रेस्पोन्स गर्दैनथे । तैपनि, नेपाल फर्किएको छु ।
घरीघरी आफैलाई सपनामा पो छु कि झैँ लाग्छ । नेपाल केही समय घुम्न आएँ ? अहँ
होइन । युरोप बस्ने भिसासहितको पासपोर्ट माई क्लियर ब्यागमा थन्क्याएको छु
। युरोपको भिसा लागेको मान्छे, भिसाको म्याद सकिए उतै लुकेर बसिदिन पनि
सक्थेँ । युरोपको १९ वटा देशमा जान पाउने अनुमति छ, मेरो एमआरपीमा अझै ।
जर्मनी बसेको ८ महिना अवधिमा स्पेन घुमेँ ।
फ्रान्स पनि पुगेँ । अन्य युरोपियन कन्ट्री भिजिटको मौका पनि मिल्यो ।
स्पेनमा छ्याप्छ्याप्ती नेपाली भेटिए । मजस्तै भिसा लागेर युरोप छिरेका ।
अनि, भिसाको अवधि सकिएपछि शरणार्थी बनेर युरोपको नागरिक बन्ने आशा कुरेर
बसेका । कोही लन्डनतिरबाट ड्रममा लुकेर समुद्रमार्ग हुँदै युरोपवासी हुने
अभिलासामा स्पेन छिरेका । साथीभाइको लहडमा लागेर मैले पनि शरणार्थीको रूपमा
आफ्नो नाम दर्ता गराएको थिएँ । स्पेनको सान–सबास्तिायनमा रहेको नगरपालिका
कार्यालयमा नाम दर्ता गराएको दिन, हाम्रो नेपालमा पहिचान लुकाउन बाध्य भएर
बसिरहेका भुटानी शरणार्थीको पीडाको याद आयो । म पनि पहिचान बेचेर युरोपको
नागरिक बन्ने रहरमा फसिरहेको छु, झैं लाग्यो । फेरि फर्किएँ जर्मनी ।
जर्मनीको विकास देख्दा आफ्नो देशको विकासको
दर्दनाक अवस्थाले पीडित बनाउँथ्यो । परिवार, गाउँ, अनि सिंगो देशलाई मिस
गर्थें । पीडा भुलाउन नेपालको अवस्था थाहा पाउने सञ्चारमाध्यम भिजिट गर्यो,
अधिकांश नकारात्मक खबर मात्रै । कहिलेकाहीँ त भित्रभित्रै चिढिन्थेँ, पनि ।
हाम्रो नेपालमा राजनीतिक स्थिरता भएन । दलहरू देशको विकासमा लागेनन्,
कुर्सी प्यारो भयो । म जर्मनी जाँदा त्यहाँ आमनिर्वाचन चलिरहेको थियो, कामै
छाडेर चुनावी प्रचारमा युवाहरू झुलेका कतै देखिन । यहाँ गाउँको सहकारीको
चुनावमा पनि पदको लुछाचुँडी हुन्छ । सरकार व्यक्तिगत फाइदामुखी मात्रै भएर
अविकसित भएको मेरो नेपाल । जतिसुकै कमजोर भए पनि यो नेपाल मेरो हो । यो
मेरो संसार हो । जहाँ मलाई माया गर्ने परिवार मेरो उपस्थिति कुरेर बसिरहेका
छन्झैँ लाग्ने । म रहरले गएको थिएँ जर्मनी । हो, आफ्नै रहरले । यति चाँडै
नेपाल फर्किहाल्छु भन्ने त कल्पना पनि थिएन । जर्मनी स्वयंसेवक बनेर गएको
थिएँ । आइसिवाइइ नामको संस्थामार्फत मेरो भोलेन्टियर जब पक्का भएको थिए ।
बिहे गरेको चार महिनामा श्रीमती छाडेर गएँ । उनको मायाको अभावमा एक्लिएझैँ
लाग्थ्यो । ६०र७० कटिसकेका आमाबुबाले बिदाइमा आँसु झार्दै दिएको आशीर्वाद
सम्झिएर भित्रभित्रै गलिरहेँ म ।
छिट्टै नेपाल फर्किन्न भनेर रिटर्न
टिकटसमेत क्यान्सिल गरिसकेको थिएँ । नेपाल फर्किहाल्छु भन्ने कुनै सोच
नभएको मेरो मनले एकै दिनको निर्णयमा नेपाल फर्किने योजना बनायो । घर
फर्किन्छु भन्दा आफन्त, परिवार अनि चिनेजानेका साथीभाइ छक्क पनि परे । मैले
आठमहिने भोलेन्टियर अवधिमा स्कुलमा काम सघाएँ । काम गरिदिएबापत उनीहरूले
पकेट खर्च दिन्थे । मेरो परिवारको आवश्यकता पूरा गर्न त्यो पैसाले कुनै
सहयोग पुग्दैनथ्यो । तर, मैले कहिल्यै ती जर्मनलाई मेरो परिवार गरिबीमा
पिल्सिएको छ, भन्न सकिनँ, न त झुकेर मलाई तलब बढाएर देऊ नै भनेँ ।
कहिलेकाहीँ लाग्थ्यो, यिनीहरूसँग दुःख
पोखुँ । मलाई अरू काम गर्ने अवसर मिलाइदेऊ भन्दै बिन्ती बिसाऊँ । मजस्ता
धेरै नेपाली त्यसरी नै विदेशीसँग लाचार बनेर तल्लो तहको काम गर्दै
रेमिट्यान्स भित्र्याइरहेका छन् । तर, मैले सकिनँ । मेरो अंग्रेजीमा डिग्री
सकेको सर्टिफिकेट बिर्सिएर विदेशीको सहर टल्काउन पोछा लगाउने काममा अल्झिन
सकिनँ, न त जीवनलाई डलरमा कन्भर्ट गरेर स्वाभिमान नै बेच्न सकेँ । सायद,
विदेश जाने युवामा म असफलको सूचीमा समेटिन्छु होला । किनकि मैले युरो कमाएर
आइएमई गर्न सकिनँ । न त मैले शरणार्थी बनेर युरोप नागरिक बन्ने सपनामा
नेपाली नागरिक हुनुको स्वाभिमान नै लत्याउन सकेँ । अन्ततः जाँदा लागेको
भन्दा दोब्बर रकम खर्च गरेर नेपाल फर्किएँ ।
म आफ्नै देश आएँ । ठूलो जहाजमा चढेर स्वदेश
फर्किंदा मन चंगा भयो । हृदय फुरुंग भयो । एयरपोर्टमा नियास्रो आँखाले
मलाई कुरिरहेकी श्रीमती भेट्दा लाग्यो, मैले सही निर्णय गरेँ । नेपाल आएकै
दिन गुन्द्रुकसँग भात खाएँ । आठ महिनादेखि विदेशी खानामा चित्त बुझाउन
बाध्य थिएँ, आफ्नो राष्ट्रिय खानाले पेट टम्म भयो । आमाले पकाएको मासुभात
वर्षौंपछि खाएझैँ लाग्यो । मेसिनझैँ जिन्दगीमा रमेकाहरूको माझबाट मायाको
जीवनमा रमेका आफ्नाहरूका साथमा आउँदा स्वर्ग नै पुगेझैँ हुने रहेछ । तर,
अझै मन भने स्थिर हुन सकेको छैन । नेपालमा दीर्घकालीन टिक्ने कुन पेसा
रोजेर बसूँ । के मैले रोजेको पेसा पाउन सहज होला ? मेरो शैक्षिक योग्यता र
सीपसहितको पेसा मेरो भागमा पर्ला त ? अझै अन्योलमै छु म ।
अन्ततः नेपाल फर्किएँ

- See more at: http://puleso.com/sanibar_article/%E0%A4%AC%E0%A5%8D%E0%A4%B2%E0%A4%97/#sthash.WmWgIxu0.dpuf
No comments:
Post a Comment