हातमा
नयाँ एमआरपी छ । ‘एम्बेसी अफ नेपाल, जर्मनी’को स्ट्याम्पसहित । हस्तलिखित
पासपोर्टको म्याद सकिएपछि तीन महिनाअघि एक सय २० युरो तिरेर बनाएको ।
एमआरपीमा उल्लेख भएअनुसार अझै चार महिना जर्मनी जान पाउने अनुमति मसँग छ ।
तर, म नेपालमा छु ।
एक साताअघि, जर्मनीको राजधानीमा थिएँ ।
भौतिक सुख–सुविधाले भरिपूर्ण जर्मनीको राजधानी बर्लिनको एक स्कुलमा मेरो
बसाइ थियो । बस्ने छुट्टै कोठा थियो । खाना बनाउने दुःख थिएन । स्कुलको
होस्टल मेसमा कार्ड देखाए फ्रीमा खान पाइन्थ्यो । फ्रीमा स्वास्थ्य सुविधा ।
कोही कसैले नराम्रो रेस्पोन्स गर्दैनथे । तैपनि, नेपाल फर्किएको छु ।
घरीघरी आफैलाई सपनामा पो छु कि झैँ लाग्छ । नेपाल केही समय घुम्न आएँ ? अहँ
होइन । युरोप बस्ने भिसासहितको पासपोर्ट माई क्लियर ब्यागमा थन्क्याएको छु
। युरोपको भिसा लागेको मान्छे, भिसाको म्याद सकिए उतै लुकेर बसिदिन पनि
सक्थेँ । युरोपको १९ वटा देशमा जान पाउने अनुमति छ, मेरो एमआरपीमा अझै ।